दमक/ झापाको दमकमा तास जुवा खेल घरघरमा हुन थालेको बताईएको छ । ढाइ, तास लगायतका खेलहरु छ्याप्छ्याप्ती भएपनि प्रहरी देखेको नदेखै भएको बताईएको छ ।
दमकमा छ्याप्छुयाप्ती तास,जुवा र ढाइस खेलहरु भइरहेको तर प्रहरी प्रशासन मुकदर्शक बनेको अरोप लागेको छ । दमक वडा नं. ६, ५, ८ वाडहरुमा धेरै यस प्रकारका अड्डाहरु रहेको जनाईन्छ ।
सबैतिर जुवातासमा कडाइ गरेपछि दमकलाइ सुरक्षित स्थल बनाएर यहाँ अन्यत्रबाट समेत तास खेल्न आउने गरेको बताइएको छ ।
छिटो र लगानी बेगर पैसा कमाउने सकिने भन्दै आफ्नो घर, पसल तथा होटल दिएर तास खेल्ने वातवरण दमकका युवा तथा चिनिएका ब्याक्तिहरु सक्रिय र्हेको आरोप लाग्दै आएको छ ।










