काठमाडौं, कात्तिक १८
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सम्पन्न भएको छ । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट प्रदेश प्रमुख नियुक्ती गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई हटाएपछि पद रिक्त रहेको थियो । हिजै नियुक्तीको तयारी गरिएपनि नेकपाभित्र सहमति हुन नसकेपछि आज सचिवालय बैठक बसेर टुंगो लगाएको हो
यस्तो छ सिफारीस भएको नामवली
अमिक शेरचन-चितवन
सोमनाथ प्यासी-कास्की
तिलक परियार-बाँके
धर्मनाथ यादव-सिरहा
बिष्णु प्रसाईं-झापा
गोविन्द कलौनी-डडेल्धुरा
शर्मिला त्रिपाठि-काठमाडौ










