काठमाडौं, कात्तिक १८ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सात ओटै प्रदेशको प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपति भण्डारीले केही वेर अघि सातै प्रदेशका प्रमुख नियुक्त गर्नुभएको हो ।

नेपालको संबिधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने ब्यवस्था रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश–१ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा बिष्णु प्रसाई नियुक्त हुनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त हुनुभएको छ ।