दमक/अमेरीकी दूतावासले झापाको दमकमा नगरपालिका र युएनएचसिआरसंगको सहकार्यमा गर्न लागेको शिक्षामा नवीन सोचसम्बन्धी मेलाको तयारीको बिषयमा दमक नगरपालिका तथा नगरपालिका उपप्रमुख गीता अधिकारीको कामको प्रशंशा गरेको छ ।
अमेरीकी दूतावासको आधिकारीक फेसबुक पेजमा यो कार्यक्रमका लागि परेको भन्दै अधिकारीको प्रशंशा गरिएको छ । साथै दूतावासले कार्यक्रममा सहभागि हुन पनि आग्रह गरेको छ । अमेरीकी दूतावासको बुक बस कार्यक्रमले नै यो मेलालाइ आकर्षक बनाउने छ ।
दूतावासले आफ्नो पेजमा यस्तो लेखेको छ-
दमक नगरपालिका र UNHCR NEPAL सँगको सहकार्यमा अमेरिकी दूतावासको बुकबसले झापाको दमकमा आयोजना गर्न लागेको शिक्षामा नवीन सोचसम्बन्धी मेलामा सहभागी बन्नुहोस्। कार्यक्रममा सकृय सहयोग र नेतृत्व प्रदान गरिदिनुभएकोमा हामी नगरपालिकाका उप-मेयर गीता अधिकारीप्रति कृतज्ञ छौं। Damak is abuzz with preparations for the Innovation in Education Fair, being organized by our Book Bus in collaboration with Damak Municipality and UNHCR from Nov 6 to 9. A total of 29 organizations and individual educators from Kathmandu will engage with public school leadership and teachers from Damak. We are thankful to Deputy Mayor Geeta Adhikari for her unconditional support towards making this event a success. We believe such collaborations will become a model for other local governments around the country to emulate creating opportunities for public-private partnerships within the education sector in Nepal.










