झापा । प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले एक नम्बर प्रदेश सहिद र राजनीतिक इतिहास बोकेको प्रदेश भएको बताएका छन् ।

प्रदेश प्रमुखमा नियुक्त भएपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा आएका प्रदेश प्रमुख अधिकारीले सहिदका साहदत स्थल सुखानी सहिद स्मृति पार्क पुगेर सहिदको सालिकमा पुष्प गुच्छा अर्पण गर्दै सो कुरा बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार समय साक्षेप एक नम्बर प्रदेश भएको बताउँदै यसमा सौन्दर्ययता थप्ने काम सबै पक्ष लाग्नुपर्ने छ । ‘लोकतन्त्र, गणतान्त्रिक स्थापनका लागि जीवनको आहुति दिने सहिदहरूको प्रदेश भएकोले यसको सान्दर्भिकतालाई देशव्यापी बनाउन हामी सबै लाग्नुपर्छ’, उनले भने ।,

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियात, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, प्रतिनिधिसभा सदस्य पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य विर्ख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी, माई नगरपालिकाका मेयर दीपक थेबेलगायतको टोलीले सुखानी सहिद स्मृति पार्क पुगेका थिए ।