दमक/झापाको दमकमा दक्षिण एशिया मै नुमान पार्क बन्ने बिषयले केहि दिन यता ठूलो चर्चा पाएको छ । यो अत्याधुनिक र सुिवधा सम्पन्न फन पार्क बन्ने छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुने समेत दाबी गरिएको छ ।

१६ अर्ब रुपैयाँ लागतमा पार्क बनाइन लागेको र यसमा सबैभन्दा ठुलो लगानी अजेयराज सुमार्गीको हुने भन्दै समचारहरु प्रकाशित भएकाछन् । दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्ने पनि जनाइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्कमा नेकपाका स्थानीय तथा केन्द्रिय नेताहरुको लगानी हुने पनि बताईएपनि उनिहरुको धारणा सार्वजनिक भएको छैन । यो पार्क निर्माणले नेपालमा पिपिपी मोडलको सफल र उदाहरणीय काम हुने समेत बताईएको छ । सबै नेता मिलेर सरकारको रकम यसमा खर्च गर्न लागिएको हुनसक्ने भन्दै अहिले बहस शुरु भएको छ ।

पार्कको शिलान्यास नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको भन्दै यो बिषयलाइ बहसमा ल्याईएको छ ।