ब्राजिलको काम्पिनासमा रहेको लुलु बेनेनेकेस थिएटरमा उत्साही नर्तकहरू नाच्दै गर्दा मञ्च भत्केको छ ।

ब्याले नृत्य अन्त्यतिर आउन लाग्दा उक्त घटना भएको हो । घटना १२ दिनअघिको हो ।सान्द्रा गोदोय एकेडमीका नर्तकहरूले प्रस्तुति सिध्याउनै लागेको बेलामा भीडले उठेर उत्साह वृद्धि गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि नर्तकहरूले सेलेब्रेट गर्ने क्रममा एकअर्काको हात समातेर मञ्चको बीचमा उफ्रेका थिए । उनीहरूको भार सहन नसकेर मञ्च भासिएको थियो ।मञ्चमा प्वाल परेको थियो अनि नर्तकहरूको एक समूह लडेको थियो ।

हेरिरहेका मानिस मञ्चतिर दौडेका थिए । सार्वजनिक घोषणा गर्नेले सबैलाई शान्त रहन आग्रह गर्छन् र फर्स्ट एड दिनेहरूलाई अघि आउन आग्रह गर्छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनामा ६ जना घाइते भएका छन् । तीमध्ये तीनजना शिक्षक हुन् भने तीनजना विद्यार्थी हुन् ।

ती सबैलाई स्थानीय अस्पतालमा उपचार गराएर घर पठाइएको छ । उनीहरूको शरीरमा दर्फरिएरको घाउ छ ।मञ्च भासिँदा १५० नर्तकहरू थिए ।

थिएटरका निर्देशक लुसियानो लुइजले मञ्च कसरी भासियो भन्ने विषयको रिपोर्ट प्रहरीबाट कुरिरहेको बताए ।दुर्घटना भएपछि भोलिपल्टको शो रद्द गरिएको थियो ।

https://video.dailymail.co.uk/preview/backup/2019/11/19/3161392904680720681/636x382_MP4_3161392904680720681.mp4