विष्णुप्रसाद पोखरेल
दमक /निवर्तमान श्रम मन्त्रि गोकर्ण बिष्ट राम्रो काम गर्दा गर्दा सरकारबाट हटाइपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । मेनपावरदेखि लिएर बैदशिक रोजगारमा हुने गरेको ठगी विरुद्ध निर्मम रुपमा लागेका उनलाइ हटाइपछि प्रधानमन्त्री केपी शर्मा ओली कै पनि आलोचना भएको छ ।
उनि सरकारमा राम्रो काम गर्ने मध्ये एक मानिन्थे । उनले आफुले मौरी झै काम गरेको समेत जनाएकाछन् । उनले मन्त्रिबाट निस्केपछि प्रधानमन्त्रीप्रति आभार भने प्रकट गरेकाछन् ।
उनले भनेकाछन्वै-देशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । उनको यो भनाइको समर्थन गर्दै फ्लोवर्सहरुले समेत उनलाइ धन्यवाद दिदै राम्रो काम गरेका कारण हटाएको भनेकाछन् ।

उनले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेकाछन्-
जति दिन श्रममन्त्रीको रुपमा रहेँ - वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु - थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !











