एजेन्सी / भारतको कोलकातामा एक भवनबाट भारु बर्साइएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

केही मानिसले आयकर विभागको छापा परेपछि भवनमा बस्नेले रुपैयाँ उडाएको अनुमान गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोमा दुई हजार र ५०० रुपैयाँका नोटहरू कार्यालय भवनबाट उडाइएको देखिन्छ । रुपैयाँहरू सडकपेटीमा खस्दा मानिसहरू हाँसेका थिए ।

रुपैयाँ किन झ्यालबाट फालिएको हो भन्ने स्पष्ट छैन । आयकर विभागका अधिकारीहरूले उक्त भवनमा रहेको एक कार्यालयमा छापा मारेको अनि आरोपितहरूले अवैध धन मिल्काएको अनुमान गरिएको छ ।

तर भारतको राजस्व अनुसन्धान निर्देशनालयले यससँग आफ्नो कुनै साइनो नरहेको जनाएको छ ।