विष्णुप्रसाद पोखरेल
दमक/ नेकपाका साँसद नवराज सिलवाललाइ प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपश्चात लगत्तै नै मन्त्रि बनाइने चर्चा थियो । सिलवाल यति चर्चित बनेका थिए उनलाइ सम्भावित गृह मन्त्रिको रुपमा हेरिएको थियो । तर उनि त्यो समयमा मन्त्रिमा अटेनन् । पछि गृह राज्यमन्त्रि हुने पनि हल्ला चल्यो तर त्यो पनि भएन ।
नेकपाको सरका स्थायी अर्थात ५ बर्षका लागि बनेको सरकार भनेर भनिन्छ । किनकी दूइतिहाइ बहुमत रहेको छ । बिचमा कुनै न कुनै समयमा सिलवाल मन्त्रि बन्न सक्ने अड्कल जतिखेर उनले साँसदमा उठे र जिते त्यहि समयमा थियो । तर पछिल्लो पटक सरकार विस्तारमा समेत उनि मन्त्रिमण्डल पुर्नगठन हुँदा मन्त्रिको लिस्टमा परेनन् ।
सिलवाल प्रहरीमा रहदा राम्रै चर्चा कमाएका थिए । उनलाइ प्रहरी प्रमुख हुन रोकिएको भनेर जनस्तरबाट तिब्र आलोचना भएको थियो । उनले त्यसपछि राजिनामा दिएर राजनीतिमा आए । उनले तत्कालिन अवस्थामा नेकपा एमाले रोजे । उनलाइ संघीय साँसदको टिकट पनि एमालेले दियो र जित हाँसिल गरे ।
आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका थिए ।कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका थिए ।










