दमक । पौडी खेल्ने क्रममा खोलामा डुवेर झापाको दमकमा आज दुई जना बालकको ज्यान गएको छ । दमक १ स्थित निर्माणाधिन रतुवा खोलाको पुल नजिकको खोलामा डुवेर दमक १ का ९ बर्षिय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका ५ घर भई हाल दमक १ बस्दैआएका १२ बर्षिय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले जानकारी दिए ।
उनका अनुसार पुल निर्माणका क्रममा खोला भित्र इक्साभेटरले खनेको दहमा पौडी खेल्दाँ दुवै वालकको घटनास्थलमा मृत्युभएको थियो । वालक साथीहरुसंग पौडी खेल्न गएका प्रहरीको भनाई छ । प्रहरीले वालकको शव परिक्षणका लागि परिवारलाई जिम्मा लगाई घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले वताए ।










