विष्णप्रसाद पोखरेल दमक। दमकमा बिभिन्न क्षेत्रका महिला अगुवाह तथा सरोकारवालाहरुले लैगिंक हिंसा रोक्नका लागि आफुहरु सधै तत्पर रहेको लिखित रुपमा नै सार्वजनिक प्रतिबवद्धता गरेकाछन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन सोमबार दमक नगरपालिकाले आयोजना गरेको छलफलमा बोल्दै र लिखित रुपमा समेत उनिहरुले यस्तो प्रतिबद्धता गरेकाहुन् ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले लैगिक हिंसा एउटा जटिल समस्याको रुपमा रहेको जनाउदै अ हिले पनि यस बिषयमा महिलाहरुले मुख नखोलेको बताउनु भयो । सबैखाले हिंसाबाट मुक्त समाज निर्माणका लागि समाजका सबैपक्षबीच सहकार्य हुनु जरुरी देखिएको छ, उहाँले भन्नुभयो ।
सामाजिक प्रचलन तथा अन्धविश्वासका कारण हिंसा पीडितहरु अहिलेपनि दबिएर बस्दै आएको पाईएको उहाँले बताउनु भयो । हिंसा पीडितहरुले कानूनी उपचार पाउन नसकेको अवस्था रहेको छ,उहाँले भन्नुभयो । बिभिन्न कारणले न्यालयको ढोकासम्म नपुगेकाहरुलाइ त्यहाँ सम्म पुर्याउन हाम्रो आवश्यकता र सहयोग जरुरत छ, उहाँले भन्नुभयो । नगरपालिका कानूनी तथा सबै प्रकारको सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता पनि उहाँले जनाउनु भयो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले हिंसा पीडितहरु खुलेर आउन नसकेको बताउनु भयो । अहिले पनि मिलाउनुपर्छ भन्नेहरुको नै बलियो उपस्थिति रहेको पाईएको छ, उहाँले भन्नुभयो । मिलाउनका सट्टा अव दण्डित गर्ने तर्फ लाग्न सामाजिक अगुवाहरुको भूमिका महत्वपुर्ण छ, उहाँको भनाइ छ । हिंसा पीडितलाइ न्याय दिने क्रममा कसैको दवाव आफुहरुले नसहने समेत उहाँले बताउनु भयो ।
दमक अपाङग सहयोग समितिका सचिव मदन बोहोराले अपाङ्गता भएकाहरुमा पनि हिंसाको समस्या रहेको बताउनु भयो । सवारी साधनमा चढ्दादेखि लिएर सडकमा हिडदा सम्म पनि निष्फिक्रि पाइने अवस्था छैन, उहाँले भन्नुभयो । हिंसामुक्त समाज निर्माणमा आफुहरुको तर्फबाट पनि सधै सहयोग र साथ रहने बताउदै अपाङ्गता भएकाहरुको बिषयमा पनि सबैको ध्यान जानु पर्ने उहाँले औल्याउनु भयो ।
सहकारीकर्मी अगुवा महिला चन्द्रा खड्काले सहकारीको माध्यमबाट पनि हिंसामुक्त समाज निर्माणमा सहयोग हुन सक्ने बताउनु भयो । महिलाहरुलाइ आत्मनिर्भर बनाउदै लैजाने र आर्थिक रुपमा सम्पन्न बनाउदै लैजादा हिंसा न्यूनिकरण हुँदै जाने पनि उहाँको भनाइ रहेको छ । हिंसा मुक्त समाज निर्माणमा सहकारीले खेल्नु पर्ने भूमिका र गर्नु पर्ने सहयोग गर्न हामी सधै प्रतिबद्ध छौ, उहाँले भन्नुभयो ।










