दमक/ दमक खेलकुद समितिको पुरानो समिति भंग भएको केहि महिनापछि नयाँ समिति बनेको छ ।
नयाँ समितिमा संयोजकको जिम्मेवारी वडा सदस्य भीमराज चम्लागाइले पाएकाछन् । सहसंयोजक शैलेन्द्र श्रेष्ठलाइ बनाईएको छ ।
मोहन मगर, प्रेम पाण्डे, चन्द्र खत्री, बबरजंग थापा, गथुमानसिं तामाग, निशान धिमाल, विनोद भण्डारी, मुगोल कोयु राइ र दिलु सुब्बा सदस्य मनोनयन भएकाछन् ।
नगरपालिका बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यसभन्दा अघि केन्द्र प्रशाइ समितिको संयोजक रहेका थिए ।
उक्त समितिले दमक गोल्डकप आयोजना गरेको थियो । संयोजक केसी धुूवतारा क्लवका अध्यक्ष हुन् ।










