दमक/ झापाको दमक नगरपालिकाले बनाएको दमक प्राज्ञ सभामा १० जना थप भएकाछन् । नगरपालिका बोर्ड बैठकले साहित्य क्षेत्रमा निरन्तर रुपमा लागि परेका लक्ष्मीप्रसाद जोशी, खेमलाल पोखरेल, मेघराज तिम्सिना, प्रकाश बुढाथोकी थप भएकाछन् ।
यसैगरी रुद्र निरौला, नरपति पाण्डे, बिन्दु दहाल, शिव रेग्मी, गणेशमान धिमाल र सेसेहाङ फियाक पनि सभा सदस्य बनेकाछन् । साहित्य र कला क्षेत्रको विकासका लागि हेमनाथ अधिकारी सभापति रहेको प्रज्ञा सभा नगरपालिकाले बनाएको थियो ।










