विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ६ मा केहिबेर अघि नाटकीय रुपमा चोरी भएको छ । आइओएम छेउमा दमक नगरपालिकाकी कर्मचारी पद्मा कट्वालको घरमा चोरी भएको हो । साँझ शब्जि किन्न बाहिर निस्केको समयमा चोरी भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार ४ तोला सुन, चाँदी र नगद १३ हजार चोरी भएको छ । साँझमा भएको चोरीको घटनाले स्थानीय त्रसित भएकाछन् । छिमेकी कोहि मानिस नै चोरीमा संलग्न हुनसक्ने प्रहरीको अनुमान रहेको प्रहरीले श्रोतले बताएको छ ।

घरबाट निस्केको थाहा पाउनसाथ चोरी भएकाले घटना शंकाश्पद रहेको छ । दमकमा पछिल्लो समयमा चोरीका घटना बढेको र नियण्त्रणका लागि प्रहरीले प्रभावकारी रुपमा काम नगरेको आरोप लाग्दै आएको छ ।