अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटबलका लागि दिउसो छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारकालागि लैजादै गर्दा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।
मृत्यु हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी वेल्वासेको भनाइ छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको शसस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले बताए । लोकान्तर बाट साभार गरिएको










