राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थावारे जानकारी लिएकी छिन् ।
राष्ट्रपति भण्डारीले बिहीवार बेलुका त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थावारे जानकारी लिएकी हुन ।
ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली मंगलवार देखि अस्पतालमा छन ।
सोमवार रातिदेखि पेट दुख्न शुरू गरेपछि मंगलवार प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर ल्याइएको थियो ।
मंगलवार उनको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो । लोकान्तर बाट साभार










