दमक । झापाको दमकमा एचआइभि संक्रमितहरु स्थानीय सरकारको सम्पर्कमा आउने क्रम बढ्न थालेको पाईएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका बद्रि बरालका अनुसार दमक नगरपालिकाभित्र १ सय १० जना एचआइभि संक्रमितहरु सम्पर्कमा आएकाछन् ।
उहाँका अनुसार यसमा ५ जना वालबालिकाहरु समेत रहेकाछन् । एचआईभि संक्रमितहरु समाजमा खुल्दा लाञ्छना र भेदभाव हुने भएकाले आफुहरुले उनिहरुलाइ नियमित रुपमा जाँच र औषधि प्रयोगका लागि प्रोत्साहन गरिरहेको बरालले बताउनु भयो । वालबालिकाहरुलाइ पनि आवश्यक परामर्श दिने र सहयोग गर्ने गरिएको छ,उहाँले भन्नुभयो ।
शुरुवातमा उनिहरु नगरपालिकाको समेत सम्पर्कमा नरहेपनि अहिले विस्तारै सम्पर्कमा आउने गरेको बरालले जनाउनु भयो । अधिकाँश एचआइभि संक्रमितहरुले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको उहाँले जनाउनु भयो । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र झापास्थित मेची अञ्चल अस्पतालमा उनिहरुले निशुल्क औषधि पाउने गरेकाछन् ।










