काठमाडौं/ तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या १९ पुर्‍याएको छ। सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ - ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।

मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै नेपालले मंगलबार कराँ‍तेमा स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।