विष्णुप्रसाद पोखरेल दमक ।  शितलहरबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि कार्ययोजना बनाएर कार्यन्वयनका लागि काम थालिएको पाईएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले कार्ययोजना सहित काम बाँडफाँड गरेर शितलहरको प्रकोपबाट क्षति हुन नदिनका लागि आवश्यक तयारी गर्न मातहतका कार्यालहरुलाइ निर्देशन समेत दिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक उदयबहादुर राना मगरका अनुसार शितलहरबाट हुनसक्ने जोखिम र क्षतिलाइ रोक्नका लागि जिल्लाका सबै संयन्त्रहरु परिचालन गरिने निर्णय भएको छ । झापा जिल्लाका शितलहरको आकस्मिक योजना बनाएर त्यसको कार्यन्वयन थालेका छौ, उहाँले भन्नुभयो ।

जिल्लाका १५ वटै स्थानीय तहमा चिसो तथा शितलहरबाट प्रभावित हुनसक्ने क्षेत्र तथा गाँउहरुको पहिचान गरेर गरिव तथा बिपन्न परिवारहरुलाइ आवश्यक राहत तथा उद्धार गर्ने जनाईएको छ । इन्धनm दाउरा, कम्बल जस्ता सामाग्रिहरु भण्डारन गर्न लगाइ हुन सक्ने सम्भावित जोखिमलाइ न्यूनिकरण गर्ने निर्णय भएको छ, मगरले भन्नुभयो । शितलहर प्रतिरोध गर्ने अत्यआवश्यक श्रोत साधन सञ्चय गर्ने पनि निर्णय भएको पाईएको छ ।

जाडोकालागि आवश्यक पर्ने दाउरा तथा काठ डिभिजन वन कार्यालय झापा र सबै सामुदायिक वनहरुले उपलब्ध गराउन आवश्यक तयारी गर्ने, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले आ आफ्नो क्षेत्रबाट आवश्यक पुर्व तयारी तत्काल गर्ने, स्वास्थ्य सम्बन्धि समस्यालाइ मध्य नजर गरेर मेची अञ्चल अस्पतालले तयारी अवस्थामा रहने निर्णय भएको बताईएको छ ।

कुहिरो तथा हुस्सु लागेको समयमा दुर्घटनाको जोखिम न्यूनिकरणका लागि आवश्यक कार्ययोजना सहित जिल्ला ट्राफिक प्रहरी कार्यालयले काम गर्ने पनि विपद ब्यवस्थापन समितिले निर्णय गरेको पाईएको छ । स्थानीय तहहरुले वडासम्म विपद्को अवस्थामा आश्रयस्थलको छनौट गर्नेसम्मका कार्यहरु अघि बढेको जनाईन्छ ।

यसैबीच जिल्ला विपद् ब्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने भएकाले प्रमुख जिल्ला अधिकारीले आफ्नो सभापतित्वमा हुने कार्यक्रममा बोलाएको बैठकमा कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुखहरु नजाने गरेको पाईएको छ । मर्यादाक्रमले नगरपालिकाका प्रमुखहरु प्रमुख जिल्ला अधिकारीभन्दा माथि रहेको भन्दै उनिहरुले बैठकमा नआउने गरेको जनाईएको छ ।