मोरङको उर्लाबारी नगरपालिका-५ झुम्राहा स्थीत भित्री सडक खण्डमा टिफरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको टिफरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी वर्ष ४ की राधिका कुमारी मण्डललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थल तर्फ खटिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गर्नुका साथै टिफर र टिफर चालक मोरङको रतुवामाई नगरपालिका-५ बस्ने वर्ष-३० को आशिष कठेतलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।