विष्णुप्रसाद पोखरेल दमक/केहि दिन अघि झापाको दमकमा स्वर्गपुरी सहकारी संस्था बन्द गरेर कर्मचारीहरु टाँप कसे । ब्यापारी तथा बचतकर्ताले जम्मा गरेको रकमको हिसावकिताव अहिले कसैलाइ पनि पत्तो रहेको छैन । न सञ्चालक समितिका पदाधिकारीहरुलाइ बचतकर्ताले चिनेकाछन् न त सहकारीका कर्मचारीहरु नै ।
पछिल्लो समयमा दमकमा सहकारीमा बेथिती बढ्दै गएको ब्यापाकमात्रामा गुनासो आइरहेकाबेला अझै नाम चलेका र बाहिर ठुलै हाउभाउ देखाउने केहि सहकारी संस्थाहरु पनि संकटमा पर्ने हल्ला शुरु भएको छ । कर्मचारी र सञ्चालकहरुको मनोमानीका कारण सहकारीहरुमा समस्या पैदा हुन लागेको संकेत भएको कतिपय सहकारीका अगुवाहरु बताउछन् ।
अकुत रुपमा सम्पती कमाएकाहरुलाइ १५ देखि १८ ब्याजदर दिएर मुद्धती खातामा पैसा हाल्न लगाएर चलखेल गर्ने सहकारीहरुको संख्या पनि दमकमा केहि रहेको तथ्यहरु बाहिर आएकाछन् । यस्ता सहकारीहरु जुनसुकै समयमा पनि समस्यामा पर्न सक्ने जनाइन्छ ।
सहकारीलाइ कस्ले नियमन गर्ने र नगर्ने भन्ने बिषयमा सरकारी निकायहरु अल्झदा सहकारीका बचतकर्ताहरुको सुरक्षाको बिषय उठान गर्नु आवश्यक हुन थालेको छ । एकमात्र स्थानीय तह भएको सहकारी सम्बन्धित तहले हेर्ने भएपनि अन्य प्रदेश र सघीय सरकारले हेर्ने भनिएकाले सहकारीको मनपरी थप बढेको छ ।










