दमक/ दमकमा केहि सहकारीहरु संकटमा पर्नुमा कर्मचारीहरुको मनखुसि रहेको तथ्यहरु भेटिन थालेकाछन् । बचतकर्ताले रगत पसिना गरेर कमाएको पैसा खोज्न आँउदा कसैको माइनसमा त कसैको रकम नै दाखिला नगरेको पाईएपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको स्वर्गपुरी बन्द भएको छ । कर्मचारी भागेकाछन् । नारायणी सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेर अप्ठेरो अवस्थामा पुगेको पाईएको छ । दमक चोकमा रहेको अर्को एक सहकारी सस्थाको पनि अवस्था जटिल रहेको पाईएको छ ।

सहकारीका केहि अगुवाहरुलाइ यस बिषयमा जानकारी भएपनि सकेसम्म त्यस्तो सहकारीलाइ आफ्नो सहकारीमा गाभ्ने तथा किन्ने नियतका साथ चुप लागेर बसेको पनि तथ्यहरु सार्वजनिक हुन थालेकाछन् । बचतकर्ताको रकमलाइ विश्वासमा लिएर आफुखुसि सार्ने तथा काम चलाउने गरेकाले यो समस्या देखिएको सहकारीका एक अगुवाले बताएकाछन् ।

पछिल्लो समयमा दमकका ठुला तथा साना सहकारी सस्थाका ब्यवस्थापक तथा कर्मचारीहरु गतिविधि र अस्वभाविक शैलीको कारणको पछाडि सहकारीहरु समस्यामा पर्न सक्ने सकेत लुकेको हुनसक्ने भन्दै सचेत हुनु पर्ने देखिन थालेको चर्चा छ ।

तीन तहको सरकार सञ्चालनपछि सहकारीहरुको मनपरी थप बढ्दो अवस्थामा रहेको देखिन्छ । नियमन गर्ने निकायहरु नै अन्योलमा रहेपछि यस्तो अवस्था आएको बताइन्छ । ब्याज धेरैदिन प्रलोभन देखाउने र साधरणसभामा आकर्षक मायाको चिनो र यातायात खर्च दिएर मख्ख बनाउने प्रवृतीको नियतमाथि शंका गर्नु पर्ने अवस्था आएको सहकारीका बचतकर्ताहरुले बुझ्न थालेकाछन् ।