दमक/झापाका युवा नेता गगन पुरीलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यसले तंरग पैदा भएको छ । उनको घरमा सिआइबिले छापा मारेको र त्यहाँ जग्गा सम्बन्धिका अस्वभाविक कागजपत्रहरु भेटिएको भनेर सार्वजनिक भएपछि यसले तंरग पैदा गरेको हो ।

प्रहरी श्रोतका अनुसार छानविन भएपनि बाहिर आएजस्तो उनको घरबाट बिभिन्न कागजपत्र तथा नक्कली धनिप्ुर्जा बनाउने मेसिन भेटिएको भन्ने बिषयहरुमा सत्यता छैन । अहिले नै धेरै कुरा भन्न मिल्दैन यति हो अनुसन्धान भइरहेको छ, प्रहरीले श्रोतले भन्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुरी अहिले घुमघामका लागि भारतमा गएकाछन् । उनलाइ फरार रहेको भनिएको छ । उनले दूइदिन अघि फेसबुकमा आफु भारतमा रहेको भनेर आफ्नो फोटो पोष्ट गरेका थिए ।

पुरी दमकमा राजनीति र सामाजिक रुपमा उच्च छबि बनाएर बसेकाले उनलाइ फसाउन षडयन्त्र भएको भनेर कतिपयले भन्न थालेकाछन् । यसको वास्तविकता के हो भन्ने अन्योल पैदा भएको छ ।