दमक/ आफुलाइ लागेको आरोपको बिषयमा गगन पुरीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकाछन् । उनले सञ्चारमाध्यममा आएको बिषयलाइ लिएर आक्रोश पोख्दै त्यसको कानून उपचार खोज्ने समेत चेतावनी दिएकाछन् ।
आफ्नो घरमा छापा मारिएको भन्ने बिषय गलत भएको जनाउदै फेसबुक मार्फत चेतावनी दिएकाहुन् । उनले केहि दिन आफु नेपाल आउने जनाउदै समचारको बिषयमा कानूनी उपचार खोजिने उल्लेख गरेकाछन् ।
उनले दोश्रो स्टाटस पनि लेखेकाछन् - सामाजिक तथा राजनीतिक रुपमा अघि बढ्न नसकेपछि गलत तत्वको साहयता लिएको भनेकाछन् । उनले स्टाटसमा भनेकाछन्, जब मान्छेहरु राजनितिमा,सङ्ठनमा , दर्शनमा ,सामाजिक गतिबिधिमा हार्छन तब यस्ता गलत तत्वहरुको सहायता लिन्छन। थुक्क।










