बजारमा जे कुराको हल्लाको छ
दमक/ झापाको दमकमा रहेका निक्कै ठुला सहकारी संस्थाहरुका चलाख ब्यवस्थापक तथा कर्मचारीहरु बचतकर्ताहरुले राखेको रकममा रजाइ गर्ने गरेको बताईन थालेको छ । यसमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको पनि साथ हुने गरेको छ । सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुले सिधै रिण लिन नपाउने ब्यवस्था रहेको छ ।
ब्यवस्थापकले एक सहकारीबाट अर्को सहकारीमा रकम रकामन्तर गर्नेदेखि लिएर बचतकर्ताको रकम जग्गामा लगानी गर्नेसम्मका कार्यहरु भएका केहि तथ्यहरु आउन थालेकाछन् । एकाघरका ब्याक्तिको नाममा ठाँउठाँउमा जग्गा किन्ने गरेको पनि बताईएको छ ।
धेरै ब्याज दिने भनेर मुद्धती खातामा पैसा राख्न लगाउने र त्यो रकम नलिन नआउने भएपछि त्यो नजिकका आफन्तहरुको नाममा जग्गा लिने गरेको एक सहकारीका कर्मचारीले बताएकाछन् । उनले त्यसको प्रमाणहरु समेत फोटो खिचेर ल्याएर देखाउदै बचतकर्ताहरुको सहकारीमा भिड लाग्ने र आफ्नो पनि असुरक्षा हुने भएकाले नाम नलेख्न आग्रह गरेकाछन् ।
उनले यस्तो बिषयमा अनुगमन गर्न आग्रह गर्दै नत्र सहकारीहरुमा बचतकर्ताको रकम फस्न सक्ने जनाएकाछन् । ठुलो वासलात भएका दमकका केहि सहकारीहरुमा यस्तो बढि हुने गरेको बताइन्छ । सहकारीको कतिपय सम्पती पनि ब्याक्तिको नाममा भएको सहकारीहरुको बिषयमा लेखा परिक्षण गर्ने एक लेखा परिक्षकले दाबी गरेकाछन् ।
सञ्चालक समितिमा रहेका पदाधिकारी तथा सञ्चालकहरु र कर्मचारीहरु नचिनेको ठाँउमा लगानी नगर्न र सहकारीका ब्यवस्थापक तथा कर्मचारीहरुको गतिविधिमा बचतकर्ताहरुले निगरानी नराख्दा भोली सहकारीमा गम्भिर संकट आउन सक्ने बताइन्छ ।
दमकमा केहि साना सहकारीहरु संकटग्रस्त अवस्थामा रहेर बन्द हुने अवस्था आएको खबरहरु आएसंगै ठुला सहकारीको बिषयमा पनि बहस शुरु भएको छ । ३ प्रतिशतसम्म सेवा शुल्क लिएर पनि ठगी गरिरहेको बताइन्छ ।
बचतकर्ताले ध्यान दिए बचत डुब्दैन र खतरा हुँदैन-बगाले
सहकारीमा लामो अनुभव सम्हाल्नु भएका र सहकारीका कर्मचारीहरुको नेतृत्व गरिरहनु भएका खोमप्रसाद बगालेले बचतकर्ताहरुले आफ्नो रकमको सुरक्षाका लागि आफुले बचत गर्ने सहकारीको बिषयमा राम्रो ज्ञान हुनु पर्ने बताए । उनका अनुसार सबै सञ्चालक समितिका सदस्यहरु र कर्मचारीहरुको बिषयमा बुझेर त्यहाँ बचत गर्न आग्रह गरे । उनले दमकमा सहकारीहरुले मिटर ब्याजमा रकम लगाउने गरेको आफुले पनि सुनेको बताउदै त्यस्तो सहकारी जोखिममा पर्न सक्नेमा सचेत हुन उनको सुझाव छ । नीति र नियम अनुसार चल्ने सहकारी कहिल्यै खतरामा हुदैन र बचतकर्ताको रकम त्यहाँ सुरक्षा हुन्छ, उनले भने ।










