रातारात आफ्नो गीतमार्फत् इन्टरनेट सेन्सेशन बनेकी रानू मण्डल आजकाल विवादले घेरिएकी छिन् । हिमेश रेशमियामार्फत् यति ठूलो मौका पाएपछि पनि रानू मण्डलको जीवनमा चुनौतीको पहाड कम भएको छैन । प्रशंसकसँग सेल्फी खिच्न नमानेको खबरका कारण उनी चर्चामा आएकी थिइन् । पछिल्लो पटक उनको मेकअप लामो समयसम्म चर्चामा रह्यो ।

हिमेशले भने, ‘म रानूको म्यानेजर होइन’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अब हिमेश रेशमिया आफैं पनि रानू मण्डलका कारण चिन्तामा भएको देखिन्छन् । हालै मुम्बईमा भएको एक कार्यक्रममा हिमेशसँग रानू मण्डलको विषयमा प्रश्न सोध्दा उनले आफू रानूको म्यानेजर नभएको बताएका छन् ।

जब हिमेश रेशमियासँग उनी रानू मण्डलाई पुनः गीत गाउने मौका दिनुहुन्छ भनेर प्रश्न सोधियो तब उनले सिधा जवाफ नदिइकनै भने, ‘म रानू मण्डलका लागि अन्य संगीतकर्मीसँग पनि कुरा गर्नेछु किनभने उनको आवाज निकै सुरिलो छ ।’

यसैबीच जब उनलाई रानूको ट्रोलिङबारे प्रश्न सोधियो तब उनले उत्तर दिए, ‘रानू मण्डलबाहेक मैले दर्शन रावल र पलक मुच्छलजस्ता गायकलाई पनि ब्रेक दिएको छु ।’