दमक/दमकको बालुवाटार जग्गा प्रकरणमा गगन पुरीले आफ्नो पैतृक सम्पती भएको प्रमाणित गरेर देखाउने चुनौती दिएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आधा घण्टाको समयमा आधा दर्जननै स्टाटस लेखेकाछन् । उनले आगामि दिनमा राजनीतिक सक्रियता थप बढ्ने समेत बताएकाछन् ।
उनका स्टाटसहरु यस्ताछन्-
आफ्नो देशको कानुनको पालना गर्दै चाडै सम्मानित अदालत सामु हाजिर भएर म आफ्नो सफाइ दिनेछु।
यदि मैले सरकारी जग्गा किर्ते गरेर लिन खोजेको हो / होइन पार्टीले छानबिन गरोस। प्रमाणित भए जस्तोसुकै कार्बाइ भोग्न तयार छु।
तिमिहरु जुन जग्गालाइ सरकारी र किर्ते भन्दैछौ . याद गर त्यो जग्गा बिगत ६० बर्ष देखिको हाम्रो पैत्रिक हो। प्रमाण छ मसग पेश गर्छु
कुनै बेला बालुवाटार रतुवा खोलाले सखाप पार्दा रतुवाको पाता फर्काउने मै हु। तिम्रो रिसले मेरो एउटा पनि रौ पनि हल्लिदैन।
मैले किनेका जग्गा मध्ये करिब 2 बिगाहा जग्गा मेरा परम मित्र गोबिन्द थापा जि को सानिमाको छोरा छत्र कार्की सग किनेको हु।
आगामी दिनमा मेरो राजनितिक र सामाजिक जिबनमा सकृयता झन बड्ने छ।










