पुर्वराजा ज्ञानेन्द्र आकस्मिक भ्रमणमा पुस २ गते बुधबार भद्रपुर हुँदै दमक आउने भएका छन। बिशेश के का लागि आउदै छन भन्ने सार्वजनिक भैसकेको छैन।

देशको बदलिँदो परिवेश र राजनैतिक अवस्था लाई मध्यनजर गर्दा राजाको सक्रियता लाई राजनैतिक रुपमा विश्लेषण गर्ने आधार हरु बढ्दो छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार यो पुर्वराजाको नितान्त व्यक्तिगत भ्रमण हो। भद्रपुर विमानस्थल मा ११ बजे ओर्लिएर सिधै दमकको मिनि दरबार पुग्ने योजना रहेको जानकारीमा आएको छ। यद्यपि राजाको यो भ्रमण लाई केही विश्लेषक हरु खास राजनैतिक महत्त्वको भ्रमण भनी विश्लेषण गर्न थालेका छ्न।

सिमानाको समस्या समाधान गर्न सरकारले उचित पहल गर्न नसक्नु, लिपुलेकको समस्या चर्किएकै बखत पुर्वराजा मध्यरातमा LOD डान्स बारमा छिरेर युवा जमात सगै नाचेर युवाहरूलाई अप्रत्यक्ष रुपमा आकर्षित गर्नु, नेपालका लागि नेपाली अभियान राजतन्त्रको पक्षमा बृहत बन्दै जानू आदि कारण हरुले पुर्वराजाको सक्रिय राजनीतिमा प्रवेश हुदैछ कि भन्ने विभिन्न अड्कल काट्नु स्वभाविक हो।

यो पनि 

https://youtu.be/tNUoiIPcSwY

https://youtu.be/edMvkAOC2aY