दमक/ दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनालाइ विवादमा तान्न खोजिएको छ । उनले लिदै आएको तलवभत्ताको बिषयलाइ लिएर आएको समाचारको दमक नगरपालिका उपप्रमुख गीता अधिकारी र स्वयं तिम्सिनाले पनि खण्डन गरेकाछन् । नीजि कामको शिलशिलामा बिदामा रहेका उनले आफुले कानून विपरीत कुनै काम नगरेको र सेवा सुविधा नलिएको जनाएकाछन् । मैले कानून विपरीत रहेर काम गरेको छैन र गर्न दिएको पनि छैन, उनले भने ।
दमक नगरपालिकाकी उपप्रमुख अधिकारीले नगरपालिकाको प्रमुखसंग छलफल गरेर नै निर्णय लिईएको जनाउदै यस निर्णयलाइ विवाद पार्ने काम भएको जनाएकीछन् । जिम्मेवारीको हैसियतमा कानून बमोजिम लिएको सुविधालाइ र स्थानीय सरकारको निर्णयलाइ विवादमा तान्दा आफु आश्चर्यमा परेको उनको भनाइ छ ।
नीजामति सेवा ऐनमा कर्मचारीलाइ दरवन्दि अनुसारको तलव लिन पाउने ब्यवस्था रहेको जनाईएको छ । एक तह तलको कर्मचारीले १५ दिनभन्दा बढि निमित्त वा कार्यवाहक लिएको अवस्थामा तोकिएको जिम्मेवारी अनुसारको तलव लिन सक्ने ब्यवस्था रहेको बताइन्छ ।
राज्यले जुन काम र जिम्मेवारी तोकेको हुन्छ त्यो कामको सेवा सुविधा लिन नीजामती ऐनमा कहि पनि बाधा नरहेको दाबी गरिएको छ । अन्यत्र स्थानीय तहमा पनि जिम्मेवारीको आधारमा तलव लिने प्रचलन रहेको पाईएको र निर्णय गलत नभएको एक कार्यपालिका सदस्यले बताए ।









