सलमान खान स्टारर फिल्म ‘दबंग-३’ प्रदर्शनको पहिलो दिर्न इन्टरनेटमार्फत् बाहिरिएको छ। भारतीय समाचार माध्यममा उल्लेख भएअनुसार तलि रकर्सले फिल्म इन्टरनेटमार्फत बाहिर ल्याएको हो।

तमिल रकर्सले यसअघि फिल्म ‘हाउसफुल-४’, ‘बाला’, ‘साहो’, ‘२.०’लगायतका फिल्म इन्टरनेटबाट गैरकानुनी रूपमा बाहिर ल्याएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतमा नागरिकता कानुनविरुद्ध आन्दोलनका कारण फिल्मको व्यापारमा प्रभाव परिरहेका बेला इन्टरनेटमा फिल्म सार्वजनिक हुनुले झनै ठूलो चुनौती फिल्म निर्माण युनिटलाई थपिएको छ।

सलमान खान अभिनित ‘दबंग-३’ फिल्म ‘दबंग’को सिक्वेल हो। चुलबुल पाँडेको भूमिका निर्वाह गरेका सलमानको समेत लगानी रहेको फिल्मले हलमा दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ भने समीक्षकबाट कथाबिनाको फिल्म भन्दै आलोचना खेपिरहेको छ।

यद्यपि, हलमा सलमानका प्रशंसकका लागि र कथाबिनै मनोरञ्जन लिनेका लागि फिल्मले पूर्ण न्याय गर्नसक्ने भारतीय समीक्षकहरूले लेखेका छन्।नेपालन्युज