एजेन्सी/ सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।

पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सलमान खानकै निर्माणमा बनेको यो फिल्मको निर्देशन प्रभु देवाले गरेका हुन्। जसमा सलमान, सोनाक्षी सिन्हा, साइ मान्जरेकरलगायतका कलाकारको अभिनय छ।