झापा ।
सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकमा रहेको सुकुम्बासी बस्ति नहटाउन चेतावनी दिएको छ ।
जिल्ला सेक्रेटरी श्रीजंगले बिहिबार एक विज्ञप्ति जारी गर्दै आफुहरुले पटकपटक सुकुम्बासी समस्याको समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको र केही राजनितिक दलले सुकुम्बासी समस्यालाई सुत्र बनाएर उनिहरुकै बिरुद्द लागिपरेकोले सुकुम्बासीहरुलाई उचित व्यवस्थापन नगरे निर्मम संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
स्थानीय सरकारले पटकपटक सुकुम्बासीहरुलाई अन्यत्र सर्न दबाब दिईरहेको भन्दै विप्लव माओवादीले सुकुम्बासीलाई हटाए प्रतिरोध गर्ने चेतावनी दिएको हो ।
गत वर्षपनि स्थानीय सरकारले बलजफ्ती सुकुम्बासी बस्तीमा डोजर परिचालन गरेको थियोे भने विप्लव नेकपाले त्यसको प्रतिरोध गर्दै सुकुम्बासी बस्तीलाई सोहि ठाउँमा स्थापित गरेको थियोे ।
दमक नगरपालिका स्थित वडा नं ७ का विभिन्न स्थानमा बिगत लामो समय देखि बसोबास गरिरहेका सुकुमवासीहरुलाई बसोबास स्थल खाली गर्नका लागि दिइएको आदेश प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै जनतामारा काम नगर्न विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ ।










