चाणक्य अर्थात कौटिल्य राजनीति र कूटनीतिका ज्ञाता थिए ।

उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनका केही महानवाणीहरु छन् जुन तपाईंको जीवनमा अति नै महत्वपूर्ण हुनसक्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

– संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो । – यदि तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस् – सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो । – तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र स्वजन सँग कहिल्यै विवाद नगर्नुस् – कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो । – धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो । – जति नै भोकाएपनि बाघले घाँस कहिल्यै खाँदैन । – सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ। – श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।