के बि महरा/ काठमाडौ

चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजहरु द्वारा अशुल गरिएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिकित्सा शिक्षा संङ्घर्ष समिती तथा अभिभावक संघर्ष समिती द्वारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले ,मेडिकल माफियाहरुले बिद्यार्थीलाई थप मार्कामा पार्दै अशुल्ने गरिएको अतिरिक्त शुक्ल तत्काल हटाउन र तेसो नगरिए आफुहरु अँझै सशक्तरुपले मेडिकल माफियाहरुका बिरुद्द उत्रने चेतावनी समेत दिएका छन्। आफ्ना भनाईहरु व्यक्त गर्दै प्रवक्ता भट्टले सरकारले मेडिकल कलेजहरुलाई बिद्यार्थीहरु बाट नियम बिपरित उठाईएको अतिरिक्त रकम फिर्ता गर्न १५ दिने अल्टिमेटम सहितको आदेश दिएको तर मेडिकल माफियाहरुले उक्त सरकारी आदेशको सोझै उल्लंघन गरेको औँल्याउँदै के सरकार र कानुन भन्दा माथी मेडिकल सन्चालक/ मेडिकल माफिया हरु हुन् भन्दै प्रतिप्रश्न समेत गरे ।

केही दिन अघि चितवन मेडिकल कलेजमा भएको घटनालाई स्मरण गर्दै उक्त घटना चिकित्शा क्षेत्रमा भएको अनौठो र अप्रिय भएको समेत बताएका छन्। सि एम सि कलेजले सुनियोजित रुपमा बिद्यार्थी होस्टेलमा बन्दुक लगेर राखिएको र बेकसुर बिद्यार्थीहरुलाई जबरजस्ती फसाउन खोजिएको आरोप लगाउँदै आफुहरु मेडिकल बिधाको बिद्यार्थी भएको र बन्दुकको राजनिती आफुहरुको कल्पना भन्दा बाहिरको बिषय भएको भन्दै मेडिकल माफियाहरुको ठाडो आदेशमा चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले समेत बिद्यार्थीमाथी दमनको प्रयास गरेको आरोप लगाउनु भएको छ ।

मेडिकल बिद्यार्थी भनेका मानिसहरुको ज्यान लिनको लागि नभै ज्यान जोगाउन प्रतिज्ञाबद्ध रहने स्मरण गराउँदै साँच्चिकै बिद्यार्थीहरुले बन्दुक उठाउनु परे त्यो स्थिती भयावह हुने समेत बताउनु भयो ।

विशेषगरि सि एम सि अर्थात चितवन मेडिकल कलेजले आफ्ना विद्यार्थीहरुलाई आन्दोलनमा सघाएको आरोप लगाउँदै प्रयोगात्मक परिक्षामा समेत अनावश्यक यातना दिईरहेको समेत आरोप लगाएका छन्।

चिकित्सा शिक्षामा लगाइएको अतिरिक्त शुल्क तत्काल फिर्ता या समायोजन नगरिए आफुहरु थप सशक्त बन्ने र सरकार समेत आफुले गरेका निर्णयहरुप्रती आफै अनबिज्ञ हो या मौन बसेको के हो भन्ने बिषयमा आफ्नो धारणा प्रष्ट पार्न समेत आन्दोलन संघर्ष समितिले आग्रह गरेको छ।