काठमाडौँ । धनगढीको बसपार्कबाट २ किलो ४ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेको व्यक्तिको नाम सार्वजनिक गरेको छैन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीका अनुसार धनगढी बसपार्कबाट उक्त परिमाणको सुन समातिएको भएपनि पक्राउ परेको व्यक्तिको नाम तत्कालै सार्वजनिक गरिएको छैन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनामा थप व्यक्ति पनि रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको एसपी गिरीले बताए । उनले भने, ‘भरिया मात्रै समातिएको हो । मुख्य व्यक्तिको खोजीकार्य भइरहेको छ ।’

उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशङ्‍का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक हरिराम सुनिल पक्राउ परेका छन् । दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विमानस्थल चेकजाँच गर्दा उनको साथबाट आधा किलो सुन फेला परेको हो ।