भर्सटायल अभिनेत्री ऋचा शर्मालाई मातृशोकमा परेको छ। शर्माकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो। उनि लामो समयदेखि अस्वस्थ रहेकी थिइन्।

गएको महिना ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् ।ऋचा वैवाहिक जीवनमा बाँधिदै गर्दा रीनादेवीको अस्पतालमा उपचार भैरहेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकतर्फ विवाहको चटारो र अर्कोतर्फ अस्पतालमा आमालाई हेरचाह गर्नुपर्दा आफूलाई तनाव भइरहेको ऋचाले बताइएकी थिइन् ।