भिडियो शेयरिङ याप टिकटकले सन् २०१९ को अन्तिम तीन महिनामा कम्पनीको इतिहासकै सबभन्दा बढी नाफा कमाएको छ ।

सूचना प्रविधि उद्योगको विश्लेषण गर्ने संस्था सेन्सरटावरका र्‍यान्डी नेल्सनले बताएअनुसार, टिकटकले पछिल्लो त्रैमासिकमा ८ करोड ७० लाख डलर नाफा कमाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

याप स्टोर र गूगल प्लेलाई पैसा बुझाएपछि टिकटकले ६ करोड २० करोड खुद नाफा कमाएको हो ।

यो चीनबाहेक टिकटक चल्ने अन्य सबै मुलुकबाट आएको नाफा हो ।