तिम्लाई एकटकले पर्खी रहेका मेरा यी नयनले

प्रसव पीडा भएझै गरि एकोहोरो आँसु झारि रहँदा !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिम्रै पर्खाईमा उभिएका यी मेरा निर्दोष गोडाको घुँडा र पैतालाले लगातारको पीडा को चाप समेत भुलेर

हलचल नगरी लर्खरौँदै पर्खी रहँदा !

तिमी आउने त्यो बाटो भएर थुप्रै लस्कर मान्छेहरु र ती मान्छे हरुलाई बुई चढाएर निस्किँदै गरेका कमिलाको ताँती जस्तै ती सेता ,काला अनि राता पहेँला गाडिहरु निस्किँरहे !

मुटु नै कटकट हुने गरि काठ्याङ्रीने यो पुसमाघको चिसोमा

आफैले आफ्नो सरिरलाई

ओत बिनाको त्यो खुल्ला आकाश अनि तिमी निस्की आउने गेटले गेट छेवैमा तिमिलाई नै पर्खी बसेको म अनि मेरो,, खिसी गरेझै लागेपनी

म भने केही कसैको वास्तै नगरी अनवरत तिम्रै प्रतिक्षामा पर्खि रहेँ तर ,

तर अहँ,, तिमी अझैँ आईनौ

सायद .....