Homeधर्म/संस्कृति
PROMOTED CONTENTMgid
Gaming Much? Here's What Actually Happens To Your Body
Brainberries
You Are Who You Love. So Who Is Your Favourite Doctor Who?
Brainberries
The Most Beautiful Actresses Of Asian Cinema
Inspire Dot
माइ मेलाको सुरक्षा सिसी क्यामेराबाट, बढी पार्किङ शुल्क उठाउनेलाई कारबाही
धर्म/संस्कृति
By टाइम्स अफ प्रदेश On २०७६, २९ पुष मंगलवार २२:११
Share
Septic Tank
Muna
(पार्थ मण्डल) भद्रपुर । झापाको कनकाई नगरपालिका स्थित कनकाई (माई) नदी किनारमा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने माइबेनी मेलामा यसबर्ष पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदेश नम्बर १ कै चर्चित धार्मिक माइबेनी मेलामा प्रदेशभरिका जिल्लासहित छिमेकी राष्ट्र भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनहरू आउने गरेकाले मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन यसबर्ष प्रविधियुक्त सुरक्षा योजना बनाएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
माई नदी किनारमा मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ । त्यसैले माई नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
२० स्थानमा सिसी क्यामेरा जडान
जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघसंस्थाहरुसँग समन्वय गरी बनाइएको सुरक्षा योजनामा मेला स्थलमा सिसी क्यामेरा जडान गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताए । ‘कनकाई पुलसहित नदीको दुवै तर्फ गरी २० स्थानमा सिसी क्यामेरा जडान गरेको छौ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘प्रविधियुक्त सुरक्षा व्यवस्था मिलाउँदा प्रहरीलाई सुरक्षा प्रदान गर्न सहज हुन्छ र आपराधिक क्रियाकलापमा कमी आउँछ ।’ उनका अनुसार मेलालाई लक्षित गरी कनकाई पुल पूर्व र पश्चिम गरी मेला लाग्ने दुवै स्थानमा ३ सय प्रहरी परिचालन गरिने छ ।
पूर्व पश्चिम राजमार्गमा यातायातका सवारीसाधन सञ्चालन गर्नलाई नदीमै डाइर्भसन बनाइएको छ । ‘नदीबाटै दुवैतर्फ आवतजावत गर्न व्यवस्था मिलाउँदा पुलमा ट्राफिक जाम हुँदैन’, उनले भने ।’ राजमार्गमै २५ जना ट्राफिक परिचालन गरेर भक्तजनहरूलाई राजमार्ग तलको पैदल मार्ग प्रयोग गराएर सडक खुल्ला राख्ने व्यवस्था मिलाइसकेको उनले बताए ।
गतबर्ष झापामै प्रहरी नायव उपरीक्षक भएर मेलाको जिम्मेवारी निर्वाह गर्दा यस्तै सुरक्षा व्यवस्था मिलाएकोले कुनै अप्रिय घटना हुन नपाएको उनले सुनाए । मेला स्थलमा जुवातास, मदिरा बेचबिखन पूर्ण रूपमा बन्देज लगाइएको छ ।
यता झापाका प्रमुख जिल्ला अधिकारी उदय राणा मगरसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले मङ्गलवार मेला स्थलमा पुगेर सुरक्षा व्यवस्थाको अनुगमन गरिसकेका छन् ।
बढी पार्किङ शुल्क उठाउनेलाई कारबाही
हरेक वर्ष माइबेनी मेलामा सवारीसाधन लिएर जाने झक्तजनहरुबाट पार्किङको नाममा मनपरी शुल्क उठाउन थालेको भन्दै यसबर्ष कनकाई नगरपालिकाले सवारीसाधनको रेट घटाएको छ ।
गतबर्ष मोटरसाइकलबाट २००, साना सवारीसाधनबाट ५०० र ठुला सवारीसाधनबाट एक हजारसम्म पार्किङ लिने गरेको विरोध भएपछि नगरपालिकाले यसबर्ष शुल्क घटाएर लगाएको छ । ‘यसबर्ष नगरपालिकाले मोटरसाइकलको ५० र साना सवारीसाधन १५० रुपैयाँ तोकिएको छ, त्यो भन्दा बढी शुल्क उठाउने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गछौ,’ प्रहरी उपरीक्षक कोइरालाले भने । ’ ‘पार्किङ स्थलमा रकम खुल्ने बोर्ड लगाउन ठेकेदारलाई जानकारी गराइसकेका छौ,’ उनले भने, ‘बोर्ड नराख्ने स्थानमा शुल्क उठाउन नदिन प्रहरी परिचालन गरेका छौ ।’










