काठमाडौं/ बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बी एण्ड सीका सञ्चालक प्रसाइँले २० करोड घुस मागेको आरोप लगाएर बेइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको मागसहित मुद्दा दायर गरेका थिए।उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाइँलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो ।

त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो। लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए। प्रसाइँ भने फरार छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड