गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले आफूलाई दुर्व्यवहार गरेको बताउँदै उनले एउटा भिडियो आफ्नो पेजमा पोस्ट गरिन्। भिडियोमा आफूलाई प्रहरीले असभ्य भाषा बोलेर दुर्व्यवहार गरेको कुरा उल्लेख गरिन्।

यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन ।

भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

https://www.facebook.com/RanginNepal.S/videos/597474951035382/

यसबारे प्रहरीले अनुसन्धान गर्ने भनेपछि आस्थाले भिडियो अहिले आफ्नो पेजबाट हटाएकी छन्। उनले आफूले रिसको आवेगमा आफूले आफूले नराम्रो शब्द बोलेको भन्दै सामाजिक सञ्जालमा माफी समेत मागेकी छन्।

'रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो। यसको लागि क्षमा चाहन्छु। प्रशासनको राम्रो कामप्रति मलाई सधैं सम्मान छ। तर सर्वसाधारणसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस्। तँ तँ र म म गर्न बन्द गरियोस्। नैतिक शिक्षाको कमि नरहोस्,' उनले माफी माग्दै फेसबुकमा लेखेकी छन्।