दमक/ झापाको दमकमा सुविधा सम्पन्न आइकेयर शुरु हुने भएको छ । बिर्ता आइ केयर प्रालिले दमकमा पनि आँखा अस्पतालकै रुपमा सेवा शुरु गर्ने भएको हो । शुक्रबार विहान पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिईएको हो ।
विर्ता ज्योती आइकेयरका अध्यक्ष डा. राजेश प्रधानले यहाँ आँखा उपचारका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिने र विशेषज्ञह्ररुको नियमित सेवाको ब्यवस्था गरिने जानकारी दिए । यहाँका धेरै विरामीहरु बिर्तामोडसम्म जाने झन्झट रहेकाले त्यसको अन्त्यका लागि यहि सेवा दिन खोजिएको पनि उनले जनाए ।
यहाँ दैनिक ओपीडि सेवा, दैनिक शल्यक्रिया सेवा, आकस्मिक सेवा, शनिवार तथा सार्वजनिक विदाको दिन पनि सेवा, चश्मा सम्बन्धिको सम्पूर्ण सेवा, स्थायी प्याथोलोजी सेवा र फार्मेसी सेवा शुरु गरिने सो अवसरमा बताईयो ।
सुविधा सम्पन्न अस्पतालमा पाइने सुविधा यहाँ विरामीले पाउनेछन्, प्रधानको भनाइ छ । माघ ५ गते आइतवार देखि सेवा शुरु हुने र १० गतेसम्म ओपीडी सेवा निशुल्क रहने अस्पतालका मोती बरालले बताए ।











