दमक/रोट्याक्ट क्लब दमक र रोटरी क्लब अफ दमकको आयोजनामा आज बाट गाउँमा लाइब्रेरी कार्यक्रम अन्तरगत पुस्तक सङकलन कार्यक्रम सुरु गरिएको छ ।रोट्याक्ट क्लब अफ दमकले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत यो वर्ष दमक नगरपालिका बडा नम्बर ३ ताराबारी डिपुको सामुदायिक भवनमा सरस्वती पुजाको अवसर पारी उक्त स्थानीय समुदाय लाई पुस्तकालय हस्तान्तरण गर्ने कार्यक्रम राखेको रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बूले जानकारी दिनु भएको छ ।

यसै कार्यक्रमका लागि आज बाट पुस्तक सङकलन कार्यक्रम पनि सुरु गरिएको छ ।माघ ४ गतेदेखि १४ गते सम्म गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि पुस्तक सङकलन केन्द्र राखिएको लिम्बूले बताउनु भएको छ ।माघ १६ गते सम्ममा एक हजार पुस्तक सङकलन गरेर उक्त लाइब्रेरी सन्चालन गर्ने र स्थानीय स्तर बाट पठन सस्कृतिको बिकासमा सहयोग गर्ने र विविध रचनात्मक कार्यक्रमहरु गर्दै लैजाने लिम्बुले जानकारी दिएका छन्।