काठमाडौं । सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् ।
बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहीले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन् । महिनावारीका बेला घरको बाटो हिँड्दा आँखा लागेर भैंसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटेको पीडितहरुले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् । उनीहरुको नोभा अस्पतालमा उपचार भइरहेको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।










