विराटनगर/ प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ ।मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन् ।
रामबहादुर मगर,अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासलाई मुख्यमन्त्री राईले राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गुरूङ भौतिक पूर्वाधार विकास, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन् । यससँगै प्रदेश १ को मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।










