काठमाडौं / काठमाडौंको अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीको गाडीमा ह्वील लक लगाएको छ । ना१झ १४२५ नम्बरको प्रहरीको गाडीलाई महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले ह्वील लक लगाएको हो ।

सडक छेकेर रोकिराखिएको अवस्थामा ट्राफिक प्रहरीले गाडीमा ह्वील लक लगाएको हो ।गाडीलाई नियमअनुसार चिट काटेर कारवाहीको दायरामा ल्याइएको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार कुनै पद र हैसियत नहेरी कानुन मिच्‍नेलाई नछोड्ने जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड