श्रीलंकाको एक होटलमा हात्ती पसेर मज्जाले यताउता घुमेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोलाई ट्विटर प्रयोगकर्ता उपुलीले पोस्ट गरेका हुन् । त्यसमा हात्ती जेटविंग याला होटलको लब्बीमा घुमिरहेको अनि सुँढले सामानहरूले छामिरहेको देखिन्छ । उसले हेर्दै गर्दा एउटा बत्ती भुइँमा खस्छ र उसले त्यसलाई फेरि ठाउँमै राख्न खोज्छ अनि नसकेपछि हिँड्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोले मंगलवार बिहानसम्म ६३ लाख भ्युज पाइसकेको छ । यसमा रमाइला कमेन्टहरू आइरहेका छन् ।

https://twitter.com/upidaisy/status/1218924372976656386