काठमाडौ । धादिङमा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ,प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ,बेलबहादुर गुरूङ,विदुर गुरूङ,तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो । करिब ४५ जना सवार ट्रकमा मण्डली दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रातो पाटि बाट साभार










