काठमाडौँ / माघ १३ गते विवाहको तयारी, रमिता भट्ट निम्तो बाँड्न हिँडेकी थिइन् । फर्किँदा टिपरले ठक्कर दिएपछि उनको जीवनलीला समाप्त भयो ।

प्रेममा परेपछि एक वर्षअघि रमिता कञ्चनपुरका प्रकाश टेरसँग भागेर आएकी थिइन् । परम्परागत विवाहका लागि माघ १३ गतेको साइत जुरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर विवाहको चार दिनअघि टिपरको ठक्करबाट रमिताको मृत्यु भएपछि प्रकाश विक्षिप्त बनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक मर्मस्पर्शी स्टाटस लेखेका छन् ।

‘तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी । पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ’, प्रकाशले लेखेका छन् ।

‘कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर रु तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौँ, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौँला नि । यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु’, उनले अघि लेखेका छन् ।